काठमाडौँ – अफगानिस्तानमा तालिवानले सत्ता आफ्नो हातमा लिएपछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुने भएको छ । अफगातिस्तानमा रहेका चरमपन्थी समूह र त्यहाँको निकासीलाई सहज बनाउने विषयमा दुई देशका अधिकारीहरूबीच वार्ता हुन लागेको हो ।
वार्ता कतारको राजधानी दोहामा हुनेछ । अमेरिकी सेना फिर्ता र तालिबानीले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्वपूर्ण मानिएको छ । वार्तामा तालिबानले सन् २०२० मा वाशिङ्टनसँग गरेको शान्ति सम्झौताको पुनरवलोकन गर्ने विश्लेषण गरिएको छ ।
विदेश
प्रतिक्रिया