देश

जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, १४ जना घाइते


काठमाडौँ – अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । अन्य १४ जना घाइते भएका छन् ।

पञ्चदेवल विनायक नगरपालिका–१ मा गएराति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षका जीवन न्यौपाने र १७ वर्षका हिमाल नेपालीको मृत्यु भएको छ ।

उनीहरु मध्ये जैसीको घटनास्थलमै र अन्य तीन जनाको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार चालकको खोजी भइरहेको छ ।