काठमाडौँ – माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । गएराति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।
मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले ८२ औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै भारत ३ खेलमा ५ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।
नेपाल दोस्रो स्थानमा झरेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ । भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ । अब नेपालले बंगलादेशसँग बुधबार प्रतिस्पर्धा गर्ने छ ।


प्रतिक्रिया