प्रवास

अफगानिस्तानमा तालिवानले सत्ता हातमा लिएपछि अमेरिकासंग पहिलो पटक वार्ता गर्दै


काठमाडौँ – अफगानिस्तानमा तालिवानले सत्ता आफ्नो हातमा लिएपछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुने भएको छ । अफगातिस्तानमा रहेका चरमपन्थी समूह र त्यहाँको निकासीलाई सहज बनाउने विषयमा दुईदेशका अधिकारीहरूबीच वार्ता हुन लागेको हो । वार्ता कतारको राजधानी दोहामा हुनेछ ।

अमेरिकी सेना फिर्ता र तालिबानीले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता महत्वपूर्ण मानिएको छ । वार्तामा तालिबानले सन् २०२० मा वाशिङ्टनसँग गरेको शान्ति सम्झौताको पुनरवलोकन गर्ने विश्लेषण गरिएको छ ।