समाचार

दशैंमा अध्यागमन विभाग दुई दिन मात्र बन्द हुने


काठमाडौँ – पदयात्रामा जाने पर्यटकलाई पदयात्रा अनुमति पत्र जारी गर्नेसहितका काम अध्यागमन विभागबाट दशैंको दुई दिन बन्द हुने भएको छ ।

विभागका अनुसार २६ असोजबाट शुरु हुने सार्वजनिक बिदाका दिनमा समेत विभागको काम सुचारु रहने छ । असोज २९ र ३० गते भने सेवा बन्द रहने विभागले सूचना प्रकाशित गर्दै जानकारी गराएको छ । अध्यागमन विभागबाट पदयात्रा अनुमति लिएर मात्र विदेशी पर्यटकले पदयात्रामा जान सक्छन् । खासगरी निषेधित क्षेत्रमा प्रवेश गर्न विभागको अनुमति चाहिन्छ । अहिले नेपालमा पर्यटकीय सिजन शुरु भएको छ ।

सरकारले खोप लगाएका पर्यटकको आवागमन सहज बनाएसँगै पर्यटकको संख्यामा समेत वृद्धि हुने अपेक्षा व्यवसायीले गरेका छन् । विदेशमा खोप नलाएका विदेशी पर्यटकले भने आफ्नो मुलुकमा रहेको नेपाली कुटनीतिक नियोगबाटै भिसा लगाएर नेपाल आउनु पर्ने शर्त राखिएको छ ।