देश

प्रहरी हिरासतमै मृत्यु भएपछि सुनसरी तनावग्रस्त, भीडले प्रहरी र पीडितका आफन्तबीच दोहोरो झडप


काठमाडौँ – प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी परिसर तनावग्रस्त बनेको छ । पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ ।
ढुङ्गामुडा पश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छ ।