राजनीति

मन्त्रिपरिषद्मा असन्तुष्टि : माधव नेपालले मेटमणिलाई रुवाए, सुजातालाई रामचन्द्रले धोका दिए (भिडियोसहित)


काठमाडौँ –सरकारले तीनमहिनासम्म भागबण्डाको रस्सारस्सी चलाएपछि बल्ल शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएको छ । तर मन्त्रीमण्डलमा नपरेको भन्दै गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेससहित सबैदलमा असन्तुष्टि देखिएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए । १६ मन्त्री र दुई राज्यमन्त्री थपेर सरकार विस्तारलाई पूर्णता दिएका देउवाले आफ्नै पार्टीका नेताहरुलाई भने सन्तुष्ट पार्न सकेनन् । गैरसांसद गजेन्द्रबहादुर हमाललाई आपूर्ति जस्तो खास मन्त्रालय दिएर काँग्रेसकै कोटाबाट मन्त्री बनाएको बताउने देउवालेकाँग्रेसकै केही आकंक्षी अनुहार छुटाएपछि सार्वजनिक रुपमै दुःख मनाउ गरिएको छ । नेपाली काँग्रेसकी नेतृ सुजाता कोइराला पहिलेदेखि नै परराष्ट्र र रक्षा जस्ता मन्त्रालयमा जानुपर्ने आकंक्षा देखाइरहेकी थिइन् । काँग्रेसको संस्थापनइतर पक्षबाट सरकारमा सहभागि हुनेमा लगभग ढुक्क बनेकी उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला लगायत समुहको नेतृत्व गरिरहेका नेताहरुसंग त्यही खालको दबावसमेत दिइरहेकी थिइन ।तर शुक्रबार विस्तार भएको मन्त्रिपरिषद्मा नेताहरुले छुटाएपछि नेतृत्वसंग असन्तुष्टि जाहेर गरेकीछिन् ।

संस्थापनइतर पक्षबाट उपप्रधानसहित सरकारमा जान खोजिरहेकी उनलाई प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्रीकै व्यवस्था आफ्नो मन्त्रिमण्डलमा लागु नगरेपछि झट्का महशुस भएको थियो । तथापी मन्त्रीकै हैसियतमा पनि सरकारमा जानुपर्ने र मन्त्री भए आगामी महाधिवेशनमा सभापतिसमेत दाबी नगर्ने उनको मत थियो । तर पौडेल र शशांकको प्राथामिकतामा मिनेन्द्र रिजाल परेपछि अब उनीहरुलाई साथ नदिने घोषणा गरेकि छन् । समुह परिवर्तनकै कुरा चलिरहेका बेला कोइरालाले वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले सभापति नजित्ने दाबी गरिन् ।

आफ्नै समुहको चासोमा नपरेपछि अब उनले संस्थापनइतर पक्षको साथ छाडेर देउवालाई समर्थन गर्नेसम्मको चर्चा चलेको छ ।सन्तुलन मिलाएर जानसक्ने देउवा नै अबको सभापति बन्ने उनको दाबी छ । उता मन्त्रिपरिषद्मा महत्वपूर्ण साथीहरु छुटेको भन्दै प्रधानमन्त्री देउवाले अन्यन्त्र अवसर दिने भन्दै सन्त्वना दिएका छन्

मन्त्रिपरिषद्मा ठाउँ नपाएको भन्दै काँग्रेसमात्रै होइन, अन्य राजनीतिक दलमा समेत असन्तुष्टि जाहेर भएको छ । नेकपा एकिकृत समाजवादीबाट पर्यटनमन्त्री बन्ने पक्का भएको भन्दै सपथ खान दौरासुरुवाल सिलाएका नेता मेटमणि चौधरीसमेत असन्तुष्ट छन् ।पैसाफाल्न सक्ने मात्रै मन्त्री भएको भन्दै नेतृत्वप्रति चरम चित्त दुखाई मात्रै गरेका छैनन् आफ्नो निर्वाचन क्षेत्रमा रुवाबासी नै भएको बताएका छन् ।उता जसपाका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीका चार मध्ये तीन यादव जातिलाई मन्त्री बनाएर जातिकरण गरेको आरोप पार्टीभित्रैखेपिरहेका छन् । कृषिमन्त्रीमा पहिले प्रमोद शाहलाई सिफारिस गरेका यादवले अन्तिम समयमा नाम हटाएर महिन्द्रराय यादवलाई पठाएका थिए ।नेकपा माओवादी केन्द्रबाट केही समावेशी देखिएपनि अध्यक्ष प्रचण्डले आफ्नै वरिपरिकालाई मन्त्री बनाएको आरोप खेपिरहेका छन् । देउवा नेतृत्वको २५ सदस्यीय मन्त्रीमण्डलमा६ महिला, १ दलित, ८ जनजाति र ४ मधेसी अनुहार अटाएका छन् ।