राजनीति

मन्त्रिपरिषद विस्तारमा महत्वपूर्ण नेता छुट्दा दुःख लागेको छ : प्रधानमन्त्री देउवा


काठमाडौँ –प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण नेता छुट्दा दुःख लागेको बताउनुभएको छ ।

स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक बालुवाटारमा विमोचन गर्दै देउवाले यस्तो बताउनुभएको हो । देउवाले गठबन्धनको बाध्यता बुझिदिन आग्रह समेत गर्नुभएको छ ।

गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको उहाँले स्पष्टिकरण दिनुभएको छ । मन्त्रिपरिषदमा छुटेका नेताहरूलाई उचित भूमिका दिने उहाँले बताउनुभयो ।