राजनीति

अब रंगशाला निर्माणको जिम्मा सरकारले लिनुपर्छ : मेयर दाहाल


काठमाडौँ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले रकमको अभावमा बन्द रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको जिम्मा सरकारले लिनु पर्ने बताएकी छन् । महानगरको तर्फबाट गर्न सक्ने सबै प्रकारको सहयोग गर्दा पनि रंगशाला रकम अभावका कारण अलपत्र परेकोले अब यसलाई सम्पन्न गराउने जिम्मा सरकारले लिनु पर्ने बताएकी हुन् ।

शनिबार बिहान चितवन उद्योग संघको ३३ औं वार्षीक साधारणसभामा सहभागी हुन चितवन पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मेयरले रंगशाला निर्माणको काम अब सरकारले अघि बढाउनुपर्ने बताइन्। उनले भनिन् ‘देशकै गरिमा बोकेको रंगशाला निर्माणका लागि महानगरले जग्गा उपलब्ध गरायो, आवश्यक सबै सहयोग गर्‍यो। तर स्रोत जुटाउने जिम्मा लिएका धुर्मुस, सुन्तलीले बनाउन सकेनन्, ‘अब रंगशाला निर्माणको जिम्मा सरकारले लिनुपर्ने भयो।’

क्रिकेट रंगशाला निर्माणका क्रममा १६ करोड रुपैयाँ ऋण लागेपछि निर्माणको जिम्मा लिएको धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस काठमाडौँ फर्किसकेको छ । गत साउन १५ देखि रंगशाला निर्माणको काम बन्द छ।