काठमाडौँ – नवरात्रको तेस्रो दिन आज दशैंघर तथा शक्तिपीठमा नवदुर्गामध्येकी चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको बताइएको छ । शीरमा घण्टा आकारको चन्द्रमा भएकाले चन्द्रघण्टा भनिएको हो ।
सिंहमाथि बसेकी चन्द्रघन्टाको १० हातमा खड्ग, तरवार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन् । भय र दुष्टप्रवृत्तिको नाश तथा आध्यात्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ । विधिपूर्वक आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने विश्वास रहिआएको छ । नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ ।
प्रतिक्रिया