राजनीति

प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको भन्ने कुरामा कुनै सत्यता छैन : कानुनमन्त्री


काठमाडौँ – कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीले प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग मागेको भन्ने समाचारमा कुनै सत्यता नभएको बताएका छन् । उनले यस्तो गलत सूचनाबाट भ्रमित नहुन सबैलाई आग्रह गरे ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा स्वतन्त्र भूमिकामा रहेका नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवावले यस्तो गम्भीर विषय आउँदा पनि सरकारको मौनताले बाघ कराउनु र बाख्रो हराउनुजस्तै भएको भन्दै हावा नचली पात नहल्लिएको दाबी गरेका छन् । “सम्माननीय सभामुख महोदय, प्रधानन्यायाधीशले मन्त्री परिषदमा भाग खोज्दै दुईवटा नाम दिएको भन्दै नामसमेत सार्वजनिक भएको छ, यो शक्ति पृथकीकरण सिद्धान्तको विपरित हो, यस्तो शक्ति पृथकीकरणको सिद्धान्त विपरितका कुरामा सरकार किन लागिरहेको छ ? प्रधानमन्त्रीले यो सदनमा जवाफ दिन आवश्यकछ ।” प्रश्न उठाएका थिए ।