देश

शनिबारबाट खशी बोकाको बिक्री सुरु


काठमाडौँ – असोज १ गतेदेखि नै सहुलियत पसल सुरु गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले शनिबारदेखि काठमाडौंमा खसीबोका बिक्री गर्ने तयारी गरेको छ। कम्पनीले खशी बोकाको बिक्री गर्ने भए पनि च्यांग्र्रा भने बिक्री नगर्ने बताएको छ।

चीनबाट ल्याउन नसकिएको र स्वदेशमा उत्पादन नै कम भएकाले च्यांग्रा बिक्री नगर्ने निर्णय गरेको कम्पनीले जनाएको हो । दसैँका लागि २ हजारको हाराहारीमा खसीबोका विक्री गर्ने तयारी गरेको छ । खाद्यले मकवानपुर र दाङबाट खसीबोका भित्र्याउन लागेको हो । शुक्रबार साँझसम्म ५ सय खसीबोका काठमाडौँ आइपुग्ने कम्पनीको दावी छ । खशी बोकाको मूल्य भने तोकिएको छैन । तर कम्पनीले आजै खशी बोकाको मूल्य तोक्ने जनाएको छ ।