राजनीति

मन्त्रालय भागबण्डाको किचलो अब दलभित्र (भिडियोसहित)


काठमाडौँ – झण्डै तीन महिनासम्म सरकारलाई पूर्णता नदिएको सत्ता गठबन्धनले बुधबार भागबण्डा टुङग्याएको थियो । तर गठबन्धनभित्रकै दलको असन्तुष्टि र पार्टीभित्रको आन्तरिक व्यवस्थापनले थप समस्या निम्त्याएको छ ।

सरकार गठन भएको ८५ औं दिनपुरा गरेपछि बालुवाटारमा चलेको रस्साकस्सीले बुधबार सत्तागठबन्धनका दलहरुबीच बल्लबल्ल भागबण्डा मिल्यो । तर भागबण्डा मिलाएको खबर बाहिरीन नपाउँदै यता माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीले बाँडफाँडमा असन्तुष्टि प्रकट ग¥यो । भागबण्डामा आफुलाई मन्त्रालयको संख्या कम भएको भन्दै असन्तुष्टि जनाएको समाजवादीले सरकारमा सहभागि नहुनेसम्मको चेतावनी पेश गरिरहेको छ । लगत्तै विहिबार बसेको स्थायी कमिटी बैठकमार्फत संख्या थप्न र मन्त्रालय परिमार्जन गर्न गठबन्धनलाई सचेत गराएको छ ।

गठबन्धनमा भएको भागबण्डा अनुसार काँग्रेसले ८, माओवादीले ६, नेकपा एकीकृत समाजवादी र जसपाले ४–४ मन्त्रालय पाउने सहमति भएको थियो । चार मन्त्रालय र एक राज्यमन्त्री समाजवादीको भागमा परेको छ । भागबण्डामै चित्त दुखाएपछि एकीकृत समाजवादीले मन्त्रीहरुको नामसमेत टुङग्याएको छैन ।उता उत्तिकै संख्यापाएको जसपाभित्र आकंक्षी धेरै हुँदा मन्त्री छान्नै सकस परेको छ । बुधबार र विहिबार दिनभर छलफल गरेपनि जसपाले मन्त्रीको नाम टुङग्याएको छैन ।

सरकारको नेतृत्व गरेको नेपाली काँग्रेसमैप्रधानमन्त्री देउवालाई विपक्षी समुह मिलाउन धौ धौ परेको छ । बुधबार वरिष्ठ नेता रामचन्द्र पौडेलको निवासमा भएको छलफलमा महामन्त्री शशांक कोइरालाले दिलेन्द्रप्रसाद बडू र डा. मिनेन्द्र रिजालको नाम प्रस्ताव गरेका थिए । पौडेलले तेजुलाल चौधरी र पूर्व महामन्त्री प्रकाशमान सिंहले राजन केसीको नाम प्रस्ताव गरे ।

काँग्रेसको कोटामा अब पाँच मन्त्री बाँकी रहेका बेला देउवाले पौडेललाई दुई र सिटौला समुहलाई एक मन्त्री पठाउन आग्रह गरेका छन् । तर पौडेल पक्षले आफुले तीन मन्त्री पाउनुपर्ने दाबी गरेको छ । यसैकारण दलहरु पार्टीभित्रकैआन्तरिक गुटगत गलफतीमा फसेपछि मन्त्रिपरिषद्ले पूर्णता नपाएको हो ।

सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने बुधबार नै मन्त्रिपरिषद्मा पठाउनेअनुहारहरु टुङगो लगाएको छ । माओवादीको तर्फबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ, महेश्वर गहतराज र राज्यमन्त्रीमा बोधमाया यादवलाई सिफारिस गरेको छ । जुन पहिलोपटक मन्त्री बन्न लागेका अनुहारहरु हुन् ।