राजनीति

सत्ता गठबन्धनको भागबन्डा मिल्यो : मन्त्रिपरिषद्‌ पूर्णता भोलि


काठमाडौँ – सत्तारुढ गठबन्धनमा मन्त्रिपरिषद्लाई भोलि पूर्णता दिने सहमति भएको छ । बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा भोलि पूर्णता दिने सहमति बनेको हो ।

गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीले भागबण्डामा असन्तुष्टि व्यक्त गरेपछि टुंगो लगाउन गठबन्धनलाई सकस परेको छ । गठबन्धनले कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले ४र४ मन्त्रालय पाउने गरी सहमति गरेको थियो।

सहमतिअनुसार कुरा मिले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारलाई पूर्णता दिने तयारी गरेका थिए । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।