कोरोना विशेष

देशभर ८०५ संक्रमित थपिए, आठ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २६४ जनाको पीसीआर परीक्षणमा ६६७ र ३ हजार ४०८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै थप ८ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै ९११ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।