राजनीति

एमालेको नयाँ लोगोप्रति माओवादी केन्द्रको आपत्ति


काठमाडौँ – नेकपा माओवादी केन्द्रले नेकपा एमालेको नयाँ लोगोप्रति आपत्ति जनाएको छ । माओवादी केन्द्रको लोगोसँग मिल्दोजुल्दो भएपछि माओवादीले आपत्ति जनाएको हो ।

एमालेको असोज १५ देखि १७ सम्म भएको विधान महाधिवेशनले नयाँ लोगो सार्वजनिक गरेको थियो । उक्त लोगोमा सूर्यभित्र हँसिया हथौडा अंकित गरिएको छ । माओवादीले आफूहरूको चुनाव चिह्न, गोलाकारभित्रको हँसिया हथौडासँग मिल्दो लोगो एमालेले प्रयोग गरेको दाबी गरेको छ ।

माओवादी केन्द्रको चुनाव चिह्न पनि गोलाकार भित्रको हँसिया हथौडा भएकाले एमालेले आफ्नो पार्टीको लोगोसँग मिल्दोजुल्दो राखेकाले आपत्ति जनाएको माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । एमालेले माओवादीसँगको लोगो मिल्ने गरी सार्वजनिक गरेकाले कानुनी उपचारमा जाने उनले बताए ।

गोलाकारभित्रको हँसिया हथौडाअंकित चुनाव चिह्न माओवादी केन्द्रले प्रयोग गर्दै आइरहेको छ ।