राजनीति

सत्तारुढ दलका शीर्ष नेताको बैठक बालुवाटारमा शुरू


काठमाडौँ – सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा शुरू भएको छ । मन्त्रिमण्डल विस्तार अघि सत्तारुढ दलका नेताहरु मन्त्रालय भागण्डामा भएको सहमतिलाई अन्तिम रुप दिन छलफलमा बसेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।