राजनीति

मन्त्रिपरिषद् विस्तार अघि शीर्ष नेताहरुको बैठक बस्दै


काठमाडौँ – मन्त्रिपरिषद् विस्तार अघि सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भागवण्डाअनुसार दलहरुले पाउने मन्त्रालयलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।

वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी ९जसपा०ले समान ४र४ मन्त्रालय लिने सहमति भएको थियो । कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एकरएक राज्यमन्त्री पनि पाउनेछ ।