काठमाडौँ – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको निर्माणाधीन ८ तले भवनबाट खसेर मृत्यु भएको छ । काठमाडौँस्थित चाबहिलमा रहेको गणेश मन्दिर नजिकै उनी मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं–७ चावहिल छेउ बुलबुलेस्थित निर्माणाधीन घरबाट खसेर मृत्यु भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । निर्माणाधीन घरबाट हाम्फाल्दा ७४ वर्षीय चतुर्वेदीको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ। उक्त भरको चौथों तलमा चतुर्वेदीको मोवाईल भेटिएको छ ।
तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुँदा गैरकानुनी सम्पती आर्ज गरी भ्रष्टाचार गरेको मुद्दामा अदालतले उनलाई दोषी ठहर गरेको थियो । सर्वोच्च अदालतले ६ करोड ९१ लाख भ्रष्टाचार गरेको ठहर गर्दै चतुर्वेदीलाई दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
७४ वर्षका चतर्वेदी बुलबुलेको आफ्नै घरमा बस्दै आएका थिए। बिहीबार बिहान पनि उनी मर्निङवाक निस्केका थिए । घरबाट खसेको खबर आएपछि वृत्त गौशालाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको अनुसार उनका शव ‘पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
प्रतिक्रिया