राजनीति

मन्त्रिपरिषद् विस्तार आजै : प्रचण्ड


काठमाडौँ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद विस्तार हुन सक्ने बताउनुभएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले मन्त्रिपरिषदले आज पूर्णता पाउने सम्भावना रहेको बताउनुभएको हो ।
प्रचण्डले सबै उत्पीडित समुदायलाई, विशेष गरी महिलालाई अगाडि ल्याउन नयाँ प्रयास गरेको बताउनुभयो । माओवादी केन्द्रको तर्फबाट मन्त्रिपरिषदमा ५० प्रतिशत महिलालाई पठाउने निर्णय गरेको प्रचण्डको भनाइ छ ।