देश

राजा फर्काउने ग्राण्ड डिजाइनमा मोहन वैद्य र विजुक्छे (भिडियोसहित)

कस्तो हो नयाँ ढंगको राजा


काठमाडौँ – नेपालमा राजसंस्था अन्त्य भएर मुलुक संघीय लोकतान्त्रिक व्यवस्थामा गएको करिब डेढ दशक वित्यो । तर यही अवधिमा गणतन्त्र स्थापनाका लागि लडेका योद्धाहरु नै नयाँ ढंगको राजा खोज्न थालेका छन् ।

इतिहासको मसानघाटमा मिल्काईएको राजतन्त्रसंग मिलेर जानु विकल्प नरहेको भन्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लेपूर्वराजालाई सल्लाहमा आउन प्रस्ताव गरे । योहो टेलिभिजनको सत्य संवादमा अन्तर्वार्ता दिदै वैद्यले राष्ट्रिय स्वाधिनतारक्षाका निम्ती नयाँ ढंगले राजासंग मिल्नुको विकल्प नरहेको समेत थप प्रष्ट पारे ।

पूर्वराजा ज्ञानेन्द्र शाह नरोद्दम सिंहानुक जस्तै नयाँ ढंगले चल्न तयार भए श्रीपेचबारे फेरि सल्लाह गर्न सकिने वैद्यको भनाई छ ।मतलब, ८ दशकभन्दा बढि फ्रान्सको उपनिवेशमा रहेको कम्बोडिया १९५३ मा स्वतन्त्र बनेपछि नरोद्दम सिंहानुकले धेरैपटक प्रधानमन्त्रीको रुपमा र दुईपटक राजाको रुपमा शासन गरे । त्यहाँको संविधानले राजालाई राष्ट्रप्रमुख र प्रधानमन्त्रीलाई सरकार प्रमुखका रुपमा स्थापित गरेको छ । कार्यकारी अधिकारहरु प्रधानमन्त्रीमा केन्द्रित गरिएका छन । राजाको भूमिका सेरेमोनियल मात्रै छ ।

त्यहाँ राजाको छोरा नै राजा हुने अनिवार्यता छैन । वैद्यले त्यही व्यवस्थालाई देखाएरनेपालका संसद्वादी दलबाट देशको रक्षा सम्भव नभएको भन्दै राजासंग मिलेर जाने विकल्प अघि सारेका हुन् । वैद्यले दिएको अभिव्यक्ति लगत्तै अर्का कट्टर कम्युनिष्ट नेता नेपाल मजदूर किशान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले पनिउस्तै खालको अभिव्यक्ति दिए ।दुई ठुला कम्युनिष्ट नेताको अभिव्यक्ति सार्वजनिक भएपछि राजनीतिक वृत्त समेत गर्माएको छ ।

नगर्माओस पनि कसरी,राजतन्त्र अन्त्यका लागिरगत पसिना बगाएका र हजारौंलाई जनयुद्ध र आन्दोलनमा उत्रिन मोहन वैद्यले प्रशिक्षित गरेका थिए । राजतन्त्र अन्त्यका लागि उस्तै खालको भूमिका विजुक्छेको समेत थियो । तर अहिले डेढ दशक अघि मिल्काइस्केको व्यवस्था राजतन्त्रलाई नयाँ ढंगको नाम दिएर फर्काउने प्रयासमा उनीहरु सक्रिय बनेका छन् ।

नेपालमा राजा फर्काउने कुरा बच्चामा लगाएको लुगा युवा अवस्थामा लगाउन खोज्नु जस्तै हो, जुन कतैबाट पनि मिल्दैन । एकथरी नेताहरु यस्ता तर्क पनि गर्छन । मुलतः हाल सत्ताको नेतृत्व गरिरहेको र सत्ताहत्याउनत्यसकै वरिपरि घुमिरहेकाहरु राजतन्त्र फर्काउनेकुरालाई स्वीकार्दैनन् । जसमा सबैभन्दा ठुलो पंक्ति कम्युनिष्टहरुको छ । तर संसदीय व्यवस्थामाथि कम्युनिष्ट र काँग्रेसले निरन्तर अस्तित्व नै लुट्ने काम गरेपछि संसद्बाहिरका दलहरु राजासंगै घाँटी जोड्ने विकल्पबारे सोच्न थालेका हुन् ।

बढ्दो वैदेशिक हस्तक्षेप, कालापानी र लिपुलेक जस्ता सीमा विवादमा सत्ताको निरिहता,एमसीसी जस्ता अन्र्तराष्ट्रिय स्वार्थका विषयमा नेपाललाई स्वतन्त्र हुनबाट बञ्चित गरेका काँग्रेस र सत्तावादी कम्युनिष्टहरुकै कारण राजा नै ठिक भन्ने अवस्थामा पु¥याएको उनीहरु दाबी गर्छन । जुन बहसको विषय पनि हो । तथापी यसलाई हालको प्रणाली र राज्य सत्ताले जगाएको वितृष्णासंग जोडेरहेर्नेहरु भेटिने गरेका छन् ।