कोरोना विशेष

२४ घण्टामा थप १ हजार ४३ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ८९१ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । १२ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेका छन् । जसमध्ये १४ हजार ९७५ जना होम आइसोलेसनमा र १२१९ जना संस्थागत आइसोलेसनमा छन् ।