राजनीति

जसपाको बैठक बस्दै, मन्त्रीहरुको टुंगो लगाउने तयारी


काठमाडौँ – सरकारमा सहभागी हुने मन्त्रीहरूको टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज केही बेरमा बस्दै छ । पार्टी कार्यालय ललितपुरस्थित बालकुमारीमा बस्दै छ ।

बैठकमा काठमाडौंमा उपलब्ध समिति सदस्यहरूलाई बोलाइएको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए । कसको नेतृत्वमा सरकारमा जाने र कसलाई कुन मन्त्रालयको जिम्मा दिने भन्ने विषयमा सहमति जुटाउने तयारी छ । बैठकमा अरू समासामयिक राजनीतिक विषयमा पनि छलफल हुने उनले बताए । सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डामा सहमति भएसँगै जसपाको भागमा चार मन्त्रालय परेको छ ।