काठमाडौँ –कपिलवस्तुको कृष्णनगरमा झाडापखालाबाट दुई जनाको मृत्यु भएको छ । झाडापखालाबाट एक सय भन्दा बढी बिरामी परेका छन् ।
कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको हो । स्थानीय अस्पतालमा विरामीको चाप रहेको छ । बिरामीको चाप बढेपछि एउटा बेडमा दुई जनालाई राखेर र कतिपयलाई भुईंमै राखेर उपचार गर्नु परेको अस्पतालले जनाएको छ ।
देश
प्रतिक्रिया