समाचार

बजारमा दशैँ किनमेलको भीडभाड थामिनसक्नु, स्वास्थ्य मापदण्डको छैन परवाह (भिडियोसहित)


काठमाडौँ –नेपालीहरूको महान चाड दशैँ सुरु हुनै लाग्दा बजारमा थामिनसक्नु भिड छ ।विजया दशमीलाई लक्षित गरी किनमेल गर्नेको भिड बढे पनि व्यपार भने अपेक्षीत नभएको भन्दै व्यवसायी भनसन्तुष्ट छैनन् ।

विजया दशमी नजिकिएसँगै सर्वसाधारणलाई किनमेलको चटारो छ । काठमाडौँका मुख्य बजार असन, भोटाहिटी, जमल, विशालबजार लगायतको स्थानमासर्वसाधारणको घुइचो बढेको हो । गत वर्ष कोरोना भाइरस संक्रमण त्रासको कारण दशैँको बेला मानिसहरु बाहिर निस्कन डराएका थिए । तर, अहिले दशैँ आउन एक साता मात्र बाँकी हुदाँ बजारमा भिड थामिनसक्नु छ ।

काठमाडौँको महाबौद्ध, असन, इन्द्रचोक, न्यूरोड यहाँको मुख्य व्यापारिक केन्द्र हो । दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडा, सुनचाँदी, भाँडाकुडाको बढी कारोबार त्यही क्षेत्रमा हुन्छ । त्यहि भएर पनि प्राय किनमेलका लागि यहि ठाउँमा मानिसहरु आउने गर्छन । यता सर्वसाधारण पनि यो वर्ष कोरोना संक्रमणको संख्या कम हुदैँ गएकोले घरमा गएर दशैँ मनाउने भन्दै उत्साहित देखिन्छन् ।

बजारमा भिड बढे पनि व्यवसायी भने व्यापारबाट सन्तुष्ट छैनन् । विगतको तुलनामा निकै कम व्यापार भएको उनीहरूको भनाइ छ ।कोरोना महामारी अघिका वर्षहरुमा यतिबेला निकै व्यस्त हुने पसलमा फाटफुट्ट मात्रै उपभोक्ता आएको उनीहरुको भनाई छ । कोरोनाका कारण मानिसको किनमेल गर्न आर्थिक अभावका कारण पनि बजार भिड भएपनि व्यापार हुन नसकेको व्यापारीको बुझाई छ ।

काठमाडौंका बजार अन्य दिनको तुलनामा मंगलबारधेरै नै भिडभाड थियो । तर, अझै पनि कोरोना महामारीको जोखिम कायमै रहेको कारण स्वास्थ्य मापदण्ड अपनाउन हेलचेक्राइ गर्न हुँदैन भन्ने कुरा मनन गर्न आवश्यक छ ।