समाचार

२४ घण्टामा थपिए ९६८ संक्रमित



काठमाडौँ –पछिल्लो २४ घण्टामा देशभर ९६८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । १६ हजार ४२ वटा स्वाब नमुनाको परीक्षण गर्दा ९६८ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा घण्टामा कोभिड–१९ का ६ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ । एकै दिन एक हजार ११४ जना संक्रमणमुक्त भएका छन् ।

हाल नेपालमा कोरोनाका सक्रिय संक्रमितको संख्या १६ हजार २४८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।