राजनीति

तातोपानी भन्सार नाका खोल्न चिनियाँ पक्षसँग कुटनैतिक पहल गर्ने मन्त्री खड्काको आश्वासन


काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकस्थित नेपाल–चीनको तातोपानी भन्सार नाका खोल्न चिनियाँ पक्षसँग कुटनैतिक पहल गर्ने बताउनुभएको छ ।

सोमबार कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र सिन्धुपाल्चोक जिल्लाका व्यवासायीहरूसँग भएको भेटमा मन्त्री डा. खड्काले बाढी–पहिरोले तहस नहस बनाएकाले तातोपानी नाका सुचारु गर्नसके सिन्धुपाल्चोकको आर्थिक अवस्था सुधार हुने भन्दै भन्सार नाका खोल्नका लागि चिनियाँ पक्षसँग कुटनैतिक पहल गर्ने बताउनुभएको हो ।

उहाँले यस विषयमा सरकारले संवेदनशिल भएर सम्बोधन गर्ने प्रयास गर्ने पनि उल्लेख गर्नुभयो ।