राजनीति

मन्त्रालयको भागबण्डा टुंग्याउन सत्तारुढ दलको कार्यदल गृहकार्यमा


काठमाडौँ – मन्त्रालयको भागबण्डा टुंग्याउन सत्तारुढ दलको कार्यदल गृहकार्यमा जुटेको छ । सरकार बनेको तीन महिना हुँदासमेत मन्त्रिपरिषदले पूर्णता पाउन नसकेपछि कार्यदलमा छलफल भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको कार्यदलको बैठकमा मन्त्रालय भागबन्डाबारे छलफल एक सदस्यले जानकारी दिए ।

बैठकले मन्त्रालयको भागबण्डा मिलाउन तीन मापदण्ड तय गरेका छ । उक्त मापदण्डलाई थप परिमार्जन गरेर शीर्ष नेतालाई बुझाइने भएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलको बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका प्रतिनिधि सदस्य छन् । खड्कालाई कोरोना संक्रमण भएकाले आजको बैठकको संयोजन कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्नुभएको थियो ।