राजनीति

परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध परेको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार

कात्तिक ८ गते दुवै पक्षलाई झिकाउन आदेश


काठमाडौँ – सर्वोच्च अदालतले परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कात्तिक ८ गते दुवै पक्षलाई झिकाउन आदेश गरेको हो ।

खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिएको सपथको संवैधानिक आधार नरहेको भन्दै अधिवक्ता विशाल न्यौपानेले असोज ११ गते रिट दायर गरेका थिए । रिटमा खड्काको सपथ बदर गर्न माग गरिएको थियो ।