राजनीति

एमालेमा ७० वर्षे उमेर हद : ओलीको अनुकूल परिभाषा


काठमाडौँ – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुनेगरी ७० वर्षे उमेर हदको व्यवस्थालाई कायमै राखेको छ । एमालेको विधान महाधिवेशनमा पार्टीका उपमहासचिव विष्णु पौडेलले सहभागीहरूको सुझावसहित नयाँ व्यवस्था सुनाउँदै यस्तो व्यवस्था गरिएको बताए । एमालेले अध्यक्ष ओलीलाई सहज हुनेगरी उमेर हद कायम गरेको हो ।

पौडेलले भने, ‘उमेर हदको बारेमा कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पुगे पनि काम गर्न पाउने व्यवस्था गरेको छ ।’

उमेर हद कायमै भएपछि मंसिरमा हुने महाधिवेशनले ओलीलाई छेक्दैन। ओली २००८ साल फागुन ११ मा जन्मिएका हुन् । अध्यक्षमा निरन्तरता दिनको लागि ओलीलाई मंसिरमै महाधिवेशन गर्न बाध्यता छ । नवौं महाधिवेशनबाट कार्यकारी पदमा ७० वर्षे उमेर हद लागू गरिएको थियो। यस्तै, कार्यकारी पदमा कुनै एउटा व्यक्ति दुई पटक मात्रै उम्मेदवार बन्न पाउने व्यवस्था गरेको उनले बताए ।