राजनीति

महाधिवशेनको आज तेस्रो दिन,ओलीले उठेका प्रश्नको जवाफ दिने


काठमाडौँ – नेकपा (एमाले)को जारी विधान महाधिवेशनको आज तेस्रो दिन अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनेछन् । विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको ओलीले जवाफ दिएर महाधिवेशन सकाउने तयारी छ ।

यसअघि, राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव प्रस्तुत गरिएको थियो । त्यसमा सहभागीलाई १० समूहमा विभाजन गरी छलफलसहित सुझाव दिइएको छ । दुई समूहको प्रस्तुति भने हुँदै छ ।

त्यसपछि अध्यक्ष ओलीले जवाफ दिने र प्रतिवेदनहरू पारित गर्ने कार्यसूची छ । ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधिले सहभागी छन् ।