देश

एमालेले संविधानमाथि नै हमला गर्याे : बेदुराम भुसाल


काठमाडौँ – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद्अवरुद्ध पारेर संविधानमाथि नै हमला गर्ने काम गरेको आरोप लगाउनु भएको छ ।

महासचिव भुसालले एमालेले अदालतमा विचाराधिन मुद्धालाई विषय बनाएर संसद अवरुद्ध पार्नु गैर संवैधानिक र गैर कानुनी कदम भएको तर्क समेत गर्नु भयो । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सदन अवरुद्ध पार्ने कामले एमाले आफै जनताको माझमा नांगिदै गएको दावी समेत गर्नु भयो ।

महासचिव भुसालले मन्त्रीपरिषदलाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनले पहिलो प्राथमिकता दिएको पनि बताउनु भयो ।