देश

१६ दिनदेखि बपत्ता युवकको शव जंगलमा फेला


काठमाडौँ – गुल्मीमा १६ दिनदेखि बेपत्ता रहेको एक युवकको शव फेला परेको छ । ३२ बर्षीय लोकनाथ पन्थीको शव घरबाट १ किलो मिटर टाढाको जंगलमा फेला परेको हो ।
मालिका गाउँपालिका–७ घमिर दिर्घ टोलका पन्थी भदौ २८ गते घरबाट बेपत्ता भएका थिए । जिल्ला अस्पतालमा शवको पोष्टमार्टम गरी परिवारलाई बुझाइएको प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पाण्डेले बताए ।