राजनीति

चीन २०३९ सम्ममा विश्वकै ठूलो सैन्य राष्ट्र बन्न सक्ने, बेलायत र पश्चिमा राष्ट्रका लागि खतरा


काठमाडौँ – बेलायती राजनीतिज्ञ डन्कन स्मिथले चीन सन् २०३९ सम्म विश्वकै सबैभन्दा ठूलो सैन्य शक्ति राष्ट्र बन्नसक्ने बताएका छन् । उनको भनाइलाई उद्धृत गर्दै एक्सप्रेस ट्रिब्यूनले बेलायतका लागि चीन सैन्य र व्यापरीक दुबै दृष्टिकोणबाट खतरा भएको बताएका हुन्।

पछिल्लो समय चीनले आफ्नो पहुँच विस्तार गर्दै गएको छ। इण्डो प्यासिफिक क्षेत्रमा पनि आफ्नो प्रभाव जमाउँदै गएको चीनलाई रोक्न पश्चिमा राष्ट्रहरुले विभिन्न समूह र रणनीतिहरु बनाइरहेका छन्। डन्कन स्मिथले भने, चीनले हामीलाई ठूलो र ठूलो खतरा सिर्जना गरेको छ।

उनले आगामी २० वर्षमा चीनको सैन्य श्रेष्ठताको लक्ष्यलाई उजागर गर्दै र दक्षिण चीन सागर क्षेत्रमा यसको आक्रमणको निन्दा गरेका छन्। उनीहरुले कोभिडभन्दा पहिले नै लक्षित मिति तय गरेका छन्।