राजनीति

ज्येष्ठ नागरिकको अधिकारका लागि सरकार प्रतिवद्ध छ : प्रधानमन्त्री देउवा


काठमाडौँ – ज्येष्ठ नागरिकको अधिकारका लागि सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनुभएको छ । ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा प्रधानमन्त्री देउवाले सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताउनुभएको छ ।

जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही प्राप्त हुने ज्ञान, सीप र अनुभवलाई मुलुकको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्दै नयाँ पुस्तामा समेत हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्नेतर्फ सरकार अग्रसर रहेको उहाँले उल्लेख गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घले दिवसका लागि यस वर्ष ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’नारा तय गरेको छ

। यस अवस्थामा प्रधानमन्त्री देउवाले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धनका क्षेत्रमा क्रियाशील निकायलाई कार्यक्रम सञ्चालन गर्दा ज्येष्ठ नागरिकलाई समेत प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभएको छ ।