काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल ज्वरो र खोकीको समस्याका कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् ।
स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको गौतमले जानकारी दिए ।
प्रतिक्रिया