देश

सँगै बसेर मदिरा पिएका पतिले गरे पत्नीको हत्या


कामठाडौँ – अर्घाखाँचीमा आफ्नै पत्नीलाई लठ्ठीले हिर्काएर श्रीमान्ले हत्या गरेका छन् । सन्धिखर्क नगरपालिका–७, खाँचीकोटामा सँगै बसेर मदिरा पएका विष्णु विकले ३५ वर्षीय श्रीमती सीता विकको हत्या गरेका हुन् । उनीहरुले मंगलबार राती

मंगलबार राति उनीहरुबीच झगडा भएको थियो । उनीहरु दुवै जना मदिराले मातेका थिए । त्यही क्रममा विष्णुले सीतामाथि लठ्ठी प्रहार गरेर हत्या गरेका हुन् । हत्या गरेको आरोपमा प्रहरीले विष्णुलाई नियन्त्रणमा लिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।