राजनीति

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै


काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटक–पटक पेसी चढ्दै आएको छ ।

संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा हुनुहुन्छ ।