विदेश

बेलायतमा एकै दिन देखियो ३७ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण



काठमाडौँ – सोमबार बेलायतमा एकै दिनमा ३७ हजार भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा जनाइएको छ ।

त्यहा आइतबार ३२ हजार ४१७ जना सङ्क्रमित भेटिएकामा देखीएको थियो भने त्यो सख्या बढेर सोमबार ३७ हजार ९६० जना पुगेको हो । यसरी त् यहाँ हरेक दिन संक्रमितहरु थपिँदै गएको पाइएको छ ।

त्यसै गरी यहाँ गएको २४ घण्टा यतामात्र ४० जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार २०८ जना पुगेको पनि बताइएको छ ।

यहाँ अहिलेसम्म ७६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।