राजनीति

प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्म स्थगित


काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट प्रमाणीकरण भएका विधेयकबारे जानकारी दिइएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको दुवै सदनबाट पारित भई विनियोजन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको सन्देश प्रतिनिधिसभामा पढेर सुनाउनुभएको थियो ।

त्यस्तै राष्ट्रियसभाबाट सुझावसहित पारित भई आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रतिनिधिसभामा फिर्ता भइ आएको सन्देश पढेर सुनाइएको थियो । त्यसलगत्तै सभामुख सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक असोज १४ विहीबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराउनुभएको छ । सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरुले नाराबाजीसहित अवरोध गरेका थिए ।