देश

पशुपति मन्दिर परिसरमा साधुमाथि खुकुरी प्रहर


काठमाडौँ – सोमबार बिहान पशुपतिनाथ मन्दिर क्षेत्रमा एक साधुमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरिएको छ । सन्तोष भनिने ३५ वर्षीय शौचालय जाँदै गर्दा खुकुरी प्रहार गरिएको बताइएको छ ।
प्रहरीको अनुसार ती अज्ञात व्यक्तिले बाबालाई गाँजा मागेको र नेपाली बोल्न नजान्ने बाबाले छैन भनेपछि उनलाई खुकुरी हानेको हो । खुकुरी प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत्त गौशालाले घटनाबारे अनुसन्धान गरिरहेको छ ।