राजनीति

अन्यौलमा सोलुदुधकुण्ड नगरपालिका अधिवेशन


काठमाडौँ – नेपाली कांग्रेस सोलुखुम्बुको गाउँ/नगर पालिका अधिवेशन असोज १२ गते मंगलबार हुने भएको छ। जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङ र जिल्ला सभापति विनोदकुमार बस्नेतले आगामी मंगलबार सोलुखुम्बुका ८ वटै पालिकामा अधिवेशन हुनेगरि निर्वाचनको मिति तोकिएको बताएका छन्।

यद्यपि सोलुदुधकुण्ड नगरपालिकावडा नं। ७ (गार्मा)को वडाअधिवेशनका विषयमा विवाद कायमै रहेकोले सोलुदुधकुण्ड नगरपालिकाको अधिवेशन के कसरी हुने भन्ने विषय टुंगोमा पुगिनसकेको बताइएको छ।

नगरपालिकाका ११ वडा मध्ये ७ नं.वडामा मात्रै विबाद छ। त्यही वडाका सोनाम ग्याल्जेन शेर्पाले नगरसभापतिको उम्मेदवारी घोषणा गरेका छन्। त्यहाँको विवादले उनको उम्मेदवारी समेत के हुने भन्ने अन्यौलता बढेको बताइएको छ। अर्का नगरसभापतिका उम्मेदवार मिङमारदोर्जि शेर्पा पक्षधरहरुले आफ्नो वडाको विवाद मिलाउन नसक्नेले सिंगो नगरको नेतृत्व गर्न नसक्ने बताउन थालेका छन्। यसबाट नगर अधिवेशन अनिश्चितता तर्फ गएको र वडा नं.७को विवाद नमिलेसम्म सोलुदुधकुण्ड नगरपालिकाको नगरअधिबेशन नहुने देखिएको छ।