राजनीति

कांग्रेस पालिकास्तरीय अधिवेशनमा व्यस्त


काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस पालिकास्तरीय अधिवेशनमा व्यस्त बनेको छ । आसन्न १४ औं महाधिवेशन अन्र्तगत ५४ जिल्लामा गाउँ–नगरपालिकाको अधिवेशन सम्पन्न गरेको निर्वाचन समितिले जनाएको छ ।

वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामध्ये ५४ जिल्लामा अधिवशेन सम्पन्न भएको र बाँकी जिल्लाको केही पालिकामा आज अधिवेशन हुने निर्वाचन समितिले बताएको छ । अधिकांस जिल्लामा सहमतिमा अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । काठमाडौंमा असोज १६ र अन्य ९ जिल्लामा निर्वाचन अधिकृतको संमन्वयमा अघिवेशनको मिति तय हुने भएको छ ।

पालिका अधिवेशनबाट सभापति, २ उपसभापति, २ सचिव र २ सह—सचिवसहित सदस्यहरु निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरु मध्येबाट सभापतिले कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा उल्लेख छ । कांग्रेसले प्रदेश—२ का ८ सहित १३ जिल्लामा वडा अधिवेशन नै हुन सकेको छैन् ।