राजनीति

समय अभावले १४औँ महाधिवेशन प्रभावित हुन सक्ने


काठाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन समय अभावले प्रभावित हुन सक्ने भएको छ ।

शुक्रबार सिंहदरबारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै डा.प्रकाशरण महतले प्रदेशसभा निर्वाचनदेखि माथि प्रतिनिधिसभा क्षेत्र र जिल्ला अधिवेशन सक्दा प्रदेश महाधिवेशन तिहारपछि पुग्ने र त्यसको प्रभावले केन्द्रीय महाधिवेशनको कार्यतालिका पनि प्रभावित पर्न सक्ने बताए ।

बैठकले चिसो बढ्ने भन्दै २१ वटा हिमाली जिल्लामा भने दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । वडा अधिवेशन गर्न बाँकी बसेका १३ जिल्लाको पनि दशैंअघि नै सक्ने निर्णय गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल सबै जिल्लाको पालिका अधिवेशन एकै पटक गर्ने प्रस्ताव गरेका थिए तर बाँकी १३ जिल्लाको पनि वडा अधिवेशन सकेर मात्र अरू महाधिवेशन अघि बढाउने पदाधिकारी बैठकले निर्णय गरेको हो ।