राजनीति

नेकपा समाजवादीको महासचिवमा डा.भुसाल,सचिव रामकुमारी झाँक्री


काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वकोमा गठन भएको नेकपा एकीकृत समाजवादीले महासचिवको जिम्मेवारी डा.वेदुराम भुसाललाई दिने भएको छ । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएसँगै उनलाई नै महासचिवको पद दिने निश्चित बनेको हो ।

सचिवालयको सहमति प्रस्ताव नेकपा समाजवादीले अब बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरेर महासचिव घोषणा गर्ने छ । महासचिवमा वेदुराम भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, डा.विजय पौडेललगायतको दावेदारी रहेको थियो । त्यस्तै उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । उपमहासचिवमा डा.विजय पौडेल, डा.गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएमका छन् । सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन भएका छन् ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ वैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ । केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।