राजनीति

संसद् बैठक आज २ बजेपछि, के छ कार्यसूची


काठमाडौँ – संघीय संसदको दुबै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो २ बजे संघीय संसद भवनमा बोलाइएको छ ।
बैठकमा एमालेले निरन्तर नाराबाजी गर्दै आएको छ । पार्टीले कारबाही गरेका सांसदको सूचना सभामुखले प्रकाशित नगरेको भन्दै एमालेले विरोध गर्दै आएको छ । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ ।

यसैबीच, सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । प्रतिस्थापन विद्येयक पास भएपछि सरकारले केहि समय अघि ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज हुने छ ।