राजनीति

प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन दशैँपछि मात्रै


काठमाडौँ – नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिकामा हेरफेर गरेको छ । बुधबार सिंहदरवारमा बसेको पदाधिकारी बैठकले दशैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका हुन् ।

यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचत गर्ने तालिका थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दशैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको पौडेलले बताए । अब कांग्रेसको यस्तो निर्णयसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दशैँपछि मात्रै हुने भएको छ ।