राजनीति

को होलान् त एकीकृत समाजवादीका महासचिव ?


काठमाडौँ – पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वकोमा गठन भएको नेकपा एकीकृत समाजवादीले आज महासचिव टुंगो लगाउदै छ । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले महासचिव टुंगो लगाउन लागेको हो ।

यसअघि नै महासचिव टुंगो लगाउने तयारी गरिएपनि दाबेदार धेरै भएपछि समस्या भएको थियो । महासचिवमा वेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, डा.विजय पौडेललगायतले दाबी गर्नुभएको छ ।
राष्ट्रिय सम्मेलनबाट पार्टीको संरचना टुंगो लगाउने तयारी एकीकृत समाजवादीको रहेको छ ।