राजनीति

परराष्ट्रमन्त्री खड्काको टोली अमेरिका प्रस्थान, ७६ औं महासभामा नेपालको प्राथमिकता के ?


काठमाडौँ – संयुक्त राष्ट्रसंघको ७६ औं महासभा अमेरिकाको न्यूयोर्कमा जारी छ । अन्तराष्ट्रिय चासोका विभिन्न विषयहरुमा छलफल हुने सभालाई हरेक साना तथा ठुला राष्ट्रहरुले प्राथमिकतामा राख्ने गर्दछ । यो वर्ष खोपको असमान वितरण, जलवायु परिवर्तन, शरणार्थी समस्या, अफगानिस्तान, दिगो विकास लगायतका विषय प्राथमिकतामा परेका छन् ।

कोरोना महामारीलाई मध्यनजर गर्दै भर्चुअल र भौतिक उपस्थितिमा संयुतm राष्ट्रसंघको ७६ औं महासभा अमेरिकाको न्यूयोर्क शहरमा जारी छ । कोभिड–१९ को सामना गर्ने क्षमताको आशा निर्माण, दिगो पुनर्निर्माण, ग्रहको आवश्यकताका लागि प्रतिक्रिया, मानिसहरूको अधिकारको सम्मान र संयुक्त राष्ट्रसंघको पुनरुत्थान’ भन्ने मुख्य नारा सहित जारी महासभा २७ सेप्टेम्बरसम्म चल्नेछ ।

खोपको असमान वितरण, जलवायु परिवर्तन, शरणार्थी समस्या, अफगानिस्तान, दिगो विकास लगायतका विषय महासभाको प्रमुख एजेन्डाहरु रहेका छन । सेप्टेम्बर १४ बाट सुरु भएको महासभामा विश्वका एक सय ९३ सदस्य राष्ट्रले सम्बोधन गर्नेछ । नेपालले आउने शनिबार सम्बोधन गर्नेछ । महासभामा भाग लिन नवनियुतm परराष्ट्र मन्त्री नारायण खड्का सहितको टोली बुधबार बेलुका अमेरिका जाँदैछ ।

यो वर्ष सार्क अध्यक्ष राष्ट्रहरुको साइडलाईन वैठक भने नहुने भएको छ । सार्क अध्यक्षका रूपमा नेपालले २९ भदौमा सबै सदस्य मुलुकलाई चिठी लेखेर ९ असोजमा सार्कको अनौपचारिक मन्त्रिपरिषद् बैठक न्युयोर्कमा आयोजना गर्ने प्रस्ताव गरे पनि सार्क सदस्य राष्ट्र अफगानिस्तानमा जारी समस्याका कारण साइडलाइन बैठक रद्द गरेको जनाएको छ ।

तालिवान सरकारले संयुक्त राष्ट्रसंघका अघिल्लो दुतलाई हटाएर दोहामा रहेका प्रवक्ता सुहेल सहिनलाई राष्ट्रसंघीय दूत नियुक्त गरेको छ । अफगानिस्तानको सिटमा पूर्वसरकारका दूत सहभागी नहुने भएपछि अझै पनि तालिवान सरकारले मान्यता नपाएको र सार्क प्रक्रियामा हरेक निर्णयमा हरेक सदस्यको सहमति चाहिने भएकोले यो वर्षका लागि साइडलाईन वैठक रद्ध गरेको जनाएको छ ।

विगतमा मुलुकको शान्ति प्रक्रिया,जलवायु परिवर्तन,दिगो विकास लक्ष्य,पर्यटन क्षेत्रको विकास जस्ता विषयलाई प्राथमिकताका दिँदै आएको नेपालले यो पटक के कस्ता विषयहरु उठान गर्दैछ खासै सतहमा आएको छैन ।

यद्यपि महासभाका हरेक एजेन्डाहरुमा नेपाल प्रत्यक्ष सहभागी मुलुकमा पर्छन । खोपको असमान वितरण, जलवायु परिवर्तन, शरणार्थी समस्यामा नेपाल प्रत्यक्ष प्रभावमा परेको मुलुक हो । दक्षिण एसियाली मुलुकहरुको संयुतm आवाज र क्षेत्रीय राजनीतिक प्रभावका सार्क राष्ट्रहरुको साइडलाईन वैठक महत्वपूर्ण मानिन्छ । सार्कको साइडलाईन बैठक नहुँदा कसरी आफ्नो मुलुकको प्राथमिकता र क्षेत्रीय प्राथमिकता तय गर्छ भन्ने सवाल पनि चर्चामा छ ।