राजनीति

सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी, बिहीबार मन्त्रिपरिषद् विस्तारको तयारी


काठमाडौँ – सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बुधबार साँझ ६ बजेपछि गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको हो । बैठक बिहीबारसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा केन्द्रित रहेको नेताहरुले बताएका छन् ।

बैंठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन् ।